
गोनपा १४ मा लागु औषध दुव्र्यसनी विरुद्ध जनचेतनामूलक कार्यक्रम
गोरखा नगरपालिका वडा नं १४ स्थित शिवालय टोलमा लागु औषध दुव्र्यसनी विरुद्धको जनचेतनामूलक कार्यक्रम संचालन भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी वरिष्ठ नायब निरिक्षक प्रेमराज मिश्रको कमाण्डमा खटिएको टोलीद्वारा लागु औषध दुव्र्यसनी विरुद्धको जनचेतनामूलक कार्यक्रम संचालन गरिएको हो ।
कृष्ण मन्दिर संरक्षण समितिको समन्वयमा वडा कार्यालय, टोल सुधार समिति, युवा क्लब, आमा समुहका प्रतिनिधि तथा स्थानीयको सक्रिय सहभागितामा उपल्लो याङ्कोट वरपरका क्षेत्रमा प्राकृतिक रुपमा उम्रिएका गाँजा फडानी गरी नष्ट गरिएको उहाँले जानकारी दिए ।
करिब ७ सय भन्दा बढी बोट फडानी गरेको मिश्रले बताए । उक्त गाँजाको बोट गोरखा नगरपालिका १३ स्थित मस्र्याङ्दी नदीको नयाँ पुलमा पोलेर नष्ट गरिएको उनको भनाइ छ ।




