| बुधबार, कार्तिक २५, २०८३

गोरखा नगरपालिका स्वीस टुरिजम अवार्डका लागि छनौट

गोरखा नगरपालिका स्विस टुरिजम अवार्ड २०२३ का लागि छनौट भएको छ ।

गोरखा पर्यटनको सम्भावना युक्त क्षेत्र भएकाले टुरिजम अवार्डका लागि छनौट भएको नगरप्रमुख कृष्ण रानाले बताए । गोरखा नगरपालिकाको पर्यटन विकासका निम्ति र पर्यटन सम्बन्धी पुर्वाधारहरु निर्माण भइरहेकाले गोरखा नगरपालिका छनौटमा पर्न सफल भएको उनले बताए ।

नेपालमा अन्य स्थानीय तहसहित गोरखा नगरपालिका पनि छनौट भएको नगरपालिका आइटी अफिसर सुयोग खनालले बताए ।

अवार्डका लागि छनौट भएका स्थानीय तहहरुमध्य उत्कृष्ट भएका स्थानीयले तहले उक्त पुरस्कार पाउने उनको भनाइ छ । शुक्रबार मात्र पत्र आएकाले त्यसको बारेमा अझ बुझन बाँकी रहेको उनले बताए ।

देशभरिबाट उत्कृष्टमा छनौट भएका स्थानीय तहले स्विजरल्याण्डमा नोभेम्बर ३ देखि ५ सम्म स्विस टुरिजम अवार्ड प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्