| बुधबार, कार्तिक २५, २०८३

गोरखामा ब्रान्ड योरसेल्फ इन जेसिआइ कार्यक्रम सम्पन्न

गोरखा जेसिजले युवाहरुमा सकारात्मक सोच र नेतृत्व विकासका लागि एक दिने ब्रान्ड योरसेल्फ इन जेसिआइ कार्यक्रम संचालन गरेको छ ।

कार्यक्रमलाई जेसिआई नेपालका टे«नर तथा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष शिवप्रसाद भुसालले युवाहरु सकारात्मक सोचका साथै नेतृत्व र व्यक्ति विकासका गर्नका लाग ध्यान दिनुपर्ने कुराहरु, जेसिज नीति, मूल्य मान्यता, युवा नेतृत्व हुनुपर्ने गुणहरुका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।

त्यस्तै, सफलता प्राप्त गर्नका लागि आफनो उद्देश्यमा कठोरताका साथ केन्द्रित हुन, विश्वभरिमा प्रभाव पार्ने गरी स्थानीय स्तरमा राम्रा कामको थालनी गर्न र नेतृत्व तहमा पुगेपछि यर्थाथपरक भएर मात्र काम गर्न सहभागि युवाहरुलाई सुझाव दिएका थिए ।

कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले जेसिजले व्यक्तिलाई अनुसाशित बन्न सिकाउने बताउदै व्यक्तिले समाज र राष्ट्रपतिको दायित्व के हो भनेर पनि सिकाउने उनले बताए ।

कार्यक्रममा गोरखा जेसिज गोरखाका अध्यक्ष पुष्कर गुरुङले युवाहरुमा सकारात्मक सोचसँगै नेत्तृत्वको क्षमता विकास गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

गोरखा जेसिज गोरखाका अध्यक्ष पुष्कर गुरुङको अध्यक्षता तथा गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्