| बुधबार, कार्तिक २५, २०८३

गोरखामा मापसे गरी प्रहरीलाई दुव्र्यवहार गर्ने तीन जनाबिरुद्ध मुद्धा दर्ता

मादक पदार्थ सेवन गरी प्रहरीलाई गालीगलौज र दुव्र्यवहार गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–६ अश्राङका २० बर्षिय प्रेम राना मगर, गोरखा नगरपालिका–३ नारेश्वरका २९ बर्षिय सन्तोष थापा र गोनपा–८ आयुर्वेदिकचोकका २७ बर्षिय शिशिर राना रहेका छन् ।

डिएसपी रमेशकुमार श्रेष्ठका अनुसार वुधवार साँझ करिव पाँच बजेको समयमा अस्पतालचोकमा ड्यूटीमा खटिएका प्रहरीलाई उनीहरुले अपशब्द प्रयोग गरेका थिए । ‘मापसले गरेर सार्वजनिक स्थलमा होहल्ला गर्दै अशान्ति मच्चाएको र प्रहरीमाथि दुव्र्यवहार गरेकाले उनीहरुलाई पक्राउ गरेका हौ,’ उनले भने ।

उनीहरुले गोरखा अस्पतालका महिला स्वास्थ्यकर्मी र ड्यूटीमा खटिएका महिला प्रहरीमाथि पनि अपशब्द बोल्दै दुव्र्यवहार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनीहरुबिरुद्ध बिहीवार सार्वजनिक शान्ति बिरुद्धको शिर्षकमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्