| बुधबार, कार्तिक २५, २०८३

युक्रेनमाथिको युद्ध तत्काल बन्द गर्न माग गर्दै शान्ति समाजको विरोध प्रदर्शन

रुसले युक्रेनमाथि गरेको आक्रमण रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाज गोरखाले विरोध प्रदर्शन गरेको छ । बिहीवार दिउँसो जिल्ला सदरमुकामको हरमटारीचोकमा उनीहरुले विरोध प्रद्धर्शन गरेका हुन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेको पाँच सय पाँच दिन पुगिसक्दा समेत नरोकिएको भन्दै बिरोध प्रद्धर्शन गरिएको समाजका पुर्व केन्द्रिय कोषाध्यक्ष स्थानेश्वर दवाडीले बताए ।

युद्ध लम्बिदै जाँदा लाखौको धनजनको क्षति भएको, लाखौ मानिसहरु विस्थापित भएको र अर्बोको सम्पति नष्ट भएको भन्दै उनले दुख व्यक्त गरे ।

उक्त युद्ध सधैको लागी अन्त्य हुनुपर्छ भन्ने आफूहरुको मान्यता रहेको उनको भनाइ छ । समाजका जिल्ला अध्यक्ष गोमा दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पदाधिकारी लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्