
नेपाल प्रेस युनियन गोरखाको अध्यक्षमा पुनः ढकाल चयन
नेपाल प्रेस युनियन गोरखाको अध्यक्षमा पुनः नरेन्द्र ढकाल चयन भएका छन् ।
जिल्ला सदरमुकाममा विहिबार भएको युनियन गोरखा शाखाको पाँचौ अधिवेशनले ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मेलिना बराम र विराज त्रिपाठी, सचिवमा सुदीप श्रेष्ठ, सहसचिवमा प्रतीक्षा आले मगर र कोषाध्यक्षमा विवर गुरुङ चयन भएका छन् ।
सदस्यहरुमा मदन विक, ऋतु गान्धारी, अब्जल मियाँ, बबिता श्रेष्ठ, छिरिङ फुन्जो लामा रहेका छन् ।
ढकालको अध्यक्षता तथा नेपाली काँग्रेस गोरखाका सचिव किशोरजंग थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव नरहरी सापकोटा, नेपाली काँग्रेस गोरखा सहसचिव लुमनाथ लामिछाने, गोरखा नगरपालिकाका निवर्तमान मेयर राजनराज पन्त लगायतले मन्तव्य राखेका थिए ।




