| बुधबार, कार्तिक २५, २०८३

बिभिन्न माग राख्दै समाजवादी मोर्चाले बुझायो ज्ञापन पत्र

जिल्लाको बिद्युत अनियमितताको समस्या समाधान गर्न समाजवादी मोर्चा नेपाल गोरखाले माग गरेको छ । सोमवार प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाउँदै मोर्चाले बजार लगायत जिल्लाका अधिकांश भागमा लगातार बिद्युत जाने समस्याबाट जिल्लावासीहरु आजित भएकालेसमाधानका लागी पलह गरिदिन माग गरेको हो । बजार क्षेत्रमा खानेपानीको सहज आपूर्तिको व्यवस्था मिलाउन पनि ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

यसअघि कच्चि रहेको अधिकांश सडक कालोपत्रे भइसक्दा समेत कच्चि सरहकै भाडादर कायम भइरहेकोप्रति मोर्चाले आपत्ति जनाएको छ । तत्काल भाडा समायोजन गर्न मोर्चाले माग समेत गरेको छ । मिटरव्याज पीडितलाई न्याय दिलाउन कुनै कसुर बाँकी नराख्न समेत ज्ञापन पत्रमा भनिएको छ ।

बर्खायामा जिल्लाका सडकमा सहज रुपमा यातायात आउजाउ गर्ने वातावरण मिलाउन र काममा लापरवाही गर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउन मोर्चाले माग गरेको छ । नियमित बजार अनुगमनतर्फ पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने ज्ञापन पत्रमा भनिएको छ ।

मोर्चाको तर्फबाट नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक बिष्णु भट्ट, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष यादव बस्नेत, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कुलमान गुरुङ र नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी माया सीले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्