| बुधबार, कार्तिक २५, २०८३

धार्चे गाउँपालिकाका गोठालालाई त्रिपाल र सोलार वितरण

गोठमा बस्ने गोठालालाई लक्षित गरी धार्चे गाउँपालिकाले त्रिपाल वितरण गरेको छ । वडा नम्वर २ र ५ का तीन सय ५२ जना गोठालालाई त्रिपाल वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले बताइन् ।

त्रिपाल पाउनेमा वडा नम्वर ५ को सिङ्ला, लप्सीबोट र माछिखोलाका एक सय ६२ जना गोठाला छन् । वडा नं २ को रुन्चेत, केरौजा र केरौजाबेशीका एक सय ८८ जनाले पनि त्रिपाल पाएको गाउँपालिकाले जनाएको छ । वडा नम्वर ५ का केही गोठालाहरुलाई सोलार समेत वितरण गरिएको गाउँपालिका सूचना प्रविधि अधिकृत हितमान तामाङले बताए ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को स्वीकृत बार्षिक कार्यक्रम अन्तरगत त्रिपाल र सोलार खरिद गरेर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । उक्त कार्यक्रमका लागी पालिकाले दश लाख रकम विनियोजन गरेको थियो ।

गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्ष सुनिला गुरुङ, सम्बन्धित वडाका अध्यक्ष लगायतको उपस्थितिमा त्रिपाल र सोलार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्