| बुधबार, कार्तिक २५, २०८३

ढुंगा सोलिङ बिनै सडक ढलान !

गोरखा बजारको जिविसचोकदेखि प्रशासन जाने सडकमा ढुंगाको सोलिङ नगरी ढलान गरेको भन्दै आलोचना भएको छ । बिना सोलिङ ढलान गरेको सडक कमसल हुने भन्दै केही स्थानीयले गुनासो समेत गरेका छन् ।

पूर्वाधार बिकास कार्यालय गोरखाका निमित्त प्रमुख अजय कुमार श्रेष्ठले भने सो ठाउँमा सोलिङ आवश्यक नरहेको बताए । ‘तलको वाल सरफेस कडा नभएको ठाउँमा सोलिङ गर्ने हो,’ उनले भने, ‘तर त्यो सडकमा पहिले कालोपत्रे गर्दा नै सोलिङ गरेर कडा पारिएको छ, अहिले बेश सरफेस हालेर रोलरले पेलेर ढलान गरेकाले समस्या हुदैन ।’

आजभोली सोलिङ गर्ने प्रचलन खासै नरहेको उनको भनाइ छ । पूर्वाधार बिकास कार्यालयबाट विनियोजित दश लाख बजेटले उक्त सडकमा आरसिसि ढलान गरिएको हो ।

करिव ६४ मिटर सडक ढलान भएको कार्यालयका निमित्त प्रमुख श्रेष्ठले बताए ।

यसअघि कालोपत्रे भएको उक्त सडक भत्किदा सवारी आउजाउमा समस्या हुदै आएको थियो । असार मासन्तको अन्तमा हतार हतार सडक ढलान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्