
दवाडीको ‘यात्रा स्मरण’ बिमोचन
गोरखाका सुकदेव दवाडीको ‘यात्रा स्मरण’ विमोचन भएको छ । काठमाण्डौमा शनिबार एक कार्यक्रमका बीच संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति कुलप्रसाद कोइरालाले उक्त पुस्तकको विमोचन गरेका हुन् ।
विमोचन कार्यक्रममा राष्ट्रिय सभाका सांसद कमला पन्त, नेपाली काँग्रेसका महामन्त्री किरणबाबु श्रेष्ठ, पूर्व सांसद प्रकाशचन्द्र दवाडी, पुर्व उपकुलपति कुल प्रसाद कोइराला लगायतले दवाडी जीवन संघर्षको बारेमा र उनले प्रकाशन गरेका पुस्तकका बारेमा चर्चा गरेका थिए ।
सो पुस्तकमा गोरखाको मनास्लु क्षेत्रको भ्रमण गर्दाको र चीन भ्रमण गर्दाको यात्रा स्मरण लेखिएको छ ।




