
द्रव्यशाह बहुमुखी क्याम्पस प्राध्यापक संघमा पुनः श्रेष्ठ
गोरखा, २२ असार । नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल द्रब्यशाह बहुमुखी क्याम्पस इकाई समिति गोरखाको अध्यक्षमा पुनः कुशललाल श्रेष्ठ चयन भएका छन ।
यस अघिका कार्यकालमा पनि अध्यक्ष रहेका श्रेष्ठ ुनेतृत्वमा शुक्रवार सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा ७ सदस्यीय कार्यसमिति गठन गरेको हो । अधिवेशनले उपाध्यक्षमा केशवराज रेग्मी, सचिवमा धर्मजंग थापा र कोषाध्यक्षमा अहिमराज जोशी लाई चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा सुनिल अर्याल, गणेश कोइराला र शशिकला थापा रहेका छन । अधिवेशनको उद्घाटन क्याम्पस सञ्चालन समितिका अध्यक्ष शित्तलकाजी मास्केले गरेको कार्यक्रममा क्याम्पस प्रमुख रामचन्द्र दुवाडी र क्याम्पस कर्मचारी संघका अध्यक्ष सुजन कुँवर लगायतले शुभकामना व्यक्त गरेका थिए ।




