
विपिचोकबाट–चिल्ड्रेनपार्क सडक स्तरोन्नतिका लागि सेनाले जग्गा दिने
विपिचोकबाट रोहोटेपानी चिल्ड्रेनपार्क हुँदै सतिपिपल जाने सडक स्तरोन्नतिका लागि नेपाली सेनाले जग्गा उपलब्ध गराउने भएको छ ।
धारापानीभन्दा करिव एकसय मिटर अगाडि रहेको गोरखा छाउनी व्यारेकको गेटबाट पश्चिमतर्फको एकआना एकपैसा जग्गा उपलब्ध गराउने निर्णय भएको रिपुमर्दन गणका गणपति हेमराज बिष्टले बताए ।
साँघुरो सडकका कारण सो क्षेत्रमा सवारी आवागमनमा समस्या हुदै आएकाले सहजताका लागि जग्गा उपलब्ध गराउने निर्णय गरिएको उनले जानकारी दिए । ‘बाटो फराकिलो बनाउनका लागि जग्गा उपलब्ध गराइदिन भनेर नगरपालिकाले अनुरोध गरेको थियो,’ गणपति विष्टले भने, ‘त्यही आधारमा जग्गा उपलब्ध गराउन स्वीकृत गरिएको हो ।’




