| बुधबार, कार्तिक २५, २०८३

गोरखामा गैडाको खागजस्तो देखिने अखेटोपहार ओसारपसार आरोपमा थप दुई जना पक्राउ

गैडाको खाग जस्तो देखिने अखेटोपहार ओसारपसारमा संलग्न रहेको आरोपमा थप दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिकाकी कृष्णकुमारी श्रेष्ठ र बिष्णुमाया बिक रहेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
यसअघि सो अभियोगमा छ जना पक्राउ परेका थिए ।

थप दुईजनालाई सोमवार पक्राउ गरिएको अनुसन्धान अधिकृत अर्जुन बहादुर अच्छामीले बताए । ‘सोमवार पक्राउ ग¥यौ, मंगलबार जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएका छौ,’ उनले भने ।

सोही घटनामा संलग्न रहेको आरोपमा यसअघि ६ जना पक्राउ परिसकेका छन् । उनीहरुको पनि आवश्यक अनुसन्धान भइरहेको अच्छामीले जानकारी दिए ।

उनीहरुको साथबाट बरामद गरिएको अखेटोपहार परिक्षणका लागि बिधि बिज्ञान प्रयोगशाला काठमाडौ पठाइएको छ । परिक्षण रिपोर्ट भने आउन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्