| बुधबार, कार्तिक २५, २०८३

पप्पुले अलपत्र पारेको बुटार पुलको नयाँ ठेक्का आव्हान, ३३ करोडको लागत अनुमान

गोरखाको गण्डकी गाउँपालिका १ बुटार र चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला जोड्ने बुटार पुलको पुन ठेक्का आव्हान भएको छ । पप्पु कन्स्टूक्शनले १० बर्षसम्म अलपत्र पारेको सो पुलको पुरानो ठेक्का रद्द गरी सोमबार नयाँ ठेक्का आव्हान गरेको कार्यान्वयन गर्ने कार्यालय ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयले जनाएको छ ।

३१ करोड ६३ लाख ९७ हजार नौ सय अनुमानित लागतमा पुल निर्माणको ठेक्का आव्हान भएको कार्यालयकी सूचना अधिकारी आस्था देवकोटाले जानकारी दिइन् । एकसय ५१ मिटर लम्बाइको स्टील टूस्ट कम्प्रिस्टूेस कङ्क्रिटको पुल निर्माण हुने देवकोटाले जानकारी दिइन् । उनका अनुसार आरसिसि गरेर प्रिस्टेूससिङ गरेर पुल बनाइन्छ ।

सो पुल निर्माण भएपछि गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिकाका दर्जनौं गाउँका बासिन्दा लाभान्वित हुनेछन् । साथै पृथ्वीराजमार्गको चुमखोलाबाट मुग्लिन, आँबुखैरेनीको घुमाउरो बाटोको बिकल्पमा मकैसिङ, घैरुङ, नाम्जुङ, बुंकोट हुँदै गोरखा सदरमुकामसम्म आउन सकिने अपेक्षा गरिएको छ ।

यसअघि २०७१ असार २९ गते सो ठाउँमा पुल निर्माण गर्न पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पुलको सिलान्यास गरेका थिए । १७ करोड ४६ लाखमा पुल निर्माणको ठेक्का लिएको वीरगंज १० पर्साको पप्पु कन्टूक्सनले पा¥यो । सो कम्पनीले दुबैतर्फ पुलको पिल्लर मात्रै उठाएर काम छाडेको थियो ।

सम्झौता अनुसार पुल निर्माण २०७४ पुस २९ गते सक्नुपथ्र्यो । निर्माण सुरु भएको नौ वर्षमा पनि पुलको प्रगति ११ प्रतिशत मात्रै भएको थियो । त्यसपछि ठेकेदार सम्पर्कमा नआएपछि अहिले सो ठेक्का रद्ध गरी नयाँ ठेक्का आव्हान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्