| बुधबार, कार्तिक २५, २०८३

बलत्कारको आरोपमा दिप्लिङबाट एकजना पक्राउ

गोरखामा बलत्कारको आरोपमा एक जना पक्राउ परेका छन् । सहिदलखन गाउँपालिका वडा नं १ सानो दिप्लिङका ४५ वर्षीय नारायणबहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सोही स्थानका २९ वर्षीय मानसिक अवस्था सुस्त भएका महिलालाई शनिबार बलत्कार गरेको आरोपमा उनलाई आइतबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले बताए । जबरजस्ती करणी गरेको भनी जाहेरी दिएका आधारमा उनलाई पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका रानाविरुद्ध आइतबार जबरजस्ती करणीको कसूर शीर्षकमा मुद्धा दर्ता भएको छ । रानालाई सोमबार गोरखा जिल्ला अदालत गोरखाबाट म्याद थपको अनुमति लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्