| आइतवार, अशोज १७, २०८३

नेपाल निवृत शिक्षक समाज गोनपाको अध्यक्षमा शिव बहादुर अर्याल

नेपाल निवृत शिक्षक समाज गोरखा नगरपालिकाका अध्यक्षमा शिव बहादुर अर्याल चयन भएका छन् । सोमबार भएको समाजको गोरखा नगरपालिकास्तरीय प्रथम नगर अधिवेशनबाट अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा मञ्जु अर्याल, सचिवमा दिपकबाबु विश्वकर्मा र कोषाध्यक्षमा कल्पना बानियाँ चयन भएका छन् । समितिको सदस्यहरुमा बलबहादुर कुमाल, सुरेसबाबु थापा, बासुदेव श्रेष्ठ, चन्द्रकान्त पोखरेल र माधवबाबु थापा चयन भएका छन् ।

सोमबार परेको गुरु पूर्णिमाको अवसरमा समाजले ८० वर्ष पुगेका निवृत आठ जना शिक्षकहरुलाई सम्मान समेत गरेको थियो । गण्डकी गाउँपालिका ७ का लालबहादुर गुरुङ, भीमसेन थापा गाउँपालिका ३ का दुर्गाभक्त दाहाल, सहिदलखन ७ का टेकबहादुर थापा, पानपा ४ का सूर्यबहादुर भण्डारी, भीमसेनथापा ३ का पूण्यप्रसाद खनाल, सिरानचोक ३ का काशिनाथ घिमिरे, गोनपा ८ का कृष्णप्रसाद लामिछाने र भीमसेनथापा ४ का रघुनाथ लामिछानेलाई सम्मान गरिएको समाजले जनाएको छ । उनीहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमलाई समाजका निवर्तमा सचिव रामबाबु श्रेष्ठले सहजीकरण गरेका थिए ।
नेपाल निवृत शिक्षक समाज गोरखाका अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर मसलीमाया थोकर, समाजका निवर्तमान उपाध्यक्ष कपिलबाबु अर्याल, बम बहादुर थापा, शिवराम कट्टेल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्