| बुधबार, कार्तिक २५, २०८३

गोरखा सदरमुकामको आयुर्वेदिकचोकको मासु पसलमा आगलागी

गोरखा सदरमुकाको आयुर्वेदिक चोकमा रहेको बस्न्यात मासु पसलमा आगलागी भएको छ । शनिबार विहान साढे ६ बजे तिर मासु पसलमा ग्यास लिए भएर आगलागी भएको हो ।

आगलागी भएपछि मासु पसलका संचालक शंकरमान सिंह बस्नेतले हारगुहार गरेका थिए ।

नजिकै रहेका सशस्त्र प्रहरी जवान (हाल सशस्त्र प्रहरी गुल्म आहालेमा कार्यरत) बसन्त रोकाले पानीमा भिजाएको ब्ल्याङकेट र जुटको बोराको सहायताले सिण्डिरको आगो नियन्त्रणको प्रयास गरेका थिए ।

सोही समयमा प्रहरीको टोली आएपछि संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको हो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो तत्काल नियन्त्रण भएकाले ठूलो क्षति हुनबाट जोगिएको छ । आगलागीबाट मासु पसलका संचालक सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्