
गोरखामा लागु औषध दुव्र्यशन न्यूनीकरण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
गोरखा सदरमुकाममा लागु औषध दुव्र्यशन न्यूनीकरण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखराको आयोजनामा एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
‘लागु औषध दुव्र्यशनी विरुद्धको ऐक्यबद्धता, व्यक्ति, समाज र राष्ट्रको प्रतिबद्धता’ भन्ने नाराका साथ सुरु भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी बु्द्धिराज गुरुङले लागू औषध भनेको के हो ? लागु पदार्थको दुव्र्यसनबाट हुने असरहरु के कस्ता हुन्छन्, यसबाट बच्ने उपायहरु के के हुनसक्छन् जस्ता बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । साथै प्रदेश सरकारले लागु औषध दुव्यर्सनी नियन्त्रणका लागि ६ वटा नीति बनाएर अघि बढेको पनि उनले बताए । कार्यक्रम गण्डकी प्रदेश भित्रका जिल्लाहरुमा लागु औषध दुव्र्यसनीको अवस्थाका बारेमा जानकारी गराउदै अहिलेका युवाहरु लागु औषध दुव्र्यसनीमा फस्दै गएकाले सबै सचेत हुन आग्रह गरेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गाँजा खेतीलाई औषधीजन्य पदार्थका रुपमा प्रयोग गर्नका लागि अध्ययन गरेर कानून बनाउने प्रक्रियामा रहेको बताए । गाँजा खेतीले ग्रामीण क्षेत्रका जनताको राम्रो आयस्रोत हुने सक्ने समेत उनले बताए । तर यसको दुरुपयोग हुनबाट रोक्नका लागि कानून निर्माण गरी नियमन गर्न जरुरी रहेको बताइएको छ । त्यस्तै, गण्डकी प्रदेशमा लागु पदार्थ ओसारपसार नियन्त्रणका गर्नका लागि प्रदेश सरकार लागि परेको उनले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगरले लागु पदार्थ दुव्र्यसनी नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव बद्रीनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पाण्डे, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, प्रदेशका प्रहरी प्रमुख डिआइजी गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगर लगायतले मन्तव्य राखेका थिए ।




