| बुधबार, कार्तिक २५, २०८३

गोरखामा होटल व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम

गण्डकी प्रदेशभित्रका होटल व्यवसायीलाई लक्षित गरी व्यवसायिक क्षमता अभिवृद्धि तालिम संचालन हुने भएको छ ।

होटल व्यवसायी महासंघ, गण्डकी प्रदेशको आयोजना तथा गोरखा होटलसंघको सह आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनात्मक सहयोगमा आज (सोमबार) देखि तालिम हुन लागेको हो ।

तालिमको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने आइतवार पत्रकार सम्मेलन गरी बताइएको छ । तालिमको सम्पूर्ण तयारी पूरा भएको होटल व्यवसायी महासंघ, गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोख्यालले बताए । उनका अनुसार तालिम दुई दिनसम्म चल्ने छ ।

तालिममा गोरखा, नवलपुर, तनहुँ र लमजुङका व्यवसायीहरु गरी कुल एक सयभन्दा बढीको सहभागीता रहने बताइएको छ । तालिममा गुणस्तरीय सेवा प्रवाह, आर्थिक तथा वित्तीय साक्षरता, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारी विचको सम्बन्ध, सरसफाई तथा पोशाक,स्थानीय उत्पादनको व्यवसायीकरण लगायतका बारेमा प्रशिक्षण दिइने छ ।

प्रतिक्रिया दिनुहोस्