
आज गोरखा नगरपालिकाको सेवा बन्द हुने
गोरखा नगरपालिकाबाट प्रवाह हुने सेवा आज आइतवार बन्द हुने भएको छ ।
१२ औँ नगरसभामा सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागी हुनुपर्ने भएकाले नगरपालिकाको सेवा प्रवाह बन्द गरिएको शनिबार सूचना जारी गर्दै नगरपालिकाले जनाएको छ ।
नगरपालिका कार्यालय र मातहतका सबै वडा कार्यालयहरुको अत्यावश्यक बाहेकका अन्य सेवा बन्द रहने सूचनामा उल्लेख छ ।




