
भीमसेन थापाका सडक हेरालुलाई अभिमुखीकरण
भीमसेन थापा गाउँपालिकामा नियुक्त भएका सडक हेरालुहरुलाई अभिमुखीकरण तालिम दिइएको छ । गाउँपालिकाको आयोजनामा बुधवार उनीहरुलाई आफ्नो काम र कर्तव्यबारे अभिमुखिकरण गरिएको हो ।
बर्खाको समयलाई मध्यनजर गर्दै चार महिनाका लागी उनीहरुलाई नियुक्त गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले बताए । धावा र अश्राङमा दुई÷दुई जना र अन्य वडामा एक÷एक जना गरी कुल दश जना हेरालु नियुक्त गरिएको उनले जानकारी दिए ।
‘वडा प्राविधिक र वडाको निर्देशनमा उनीहरुले काम गर्ने हो,’ उनले भने, ‘वडाभित्रका मुख्य सडकको नाला सरसफाई गर्ने, भल कटाउने र पानी जमेको ठाउँमा ग्राभेल हालेर यातायात सहज रुपमा सुचारु गराउने हो ।’ उनीहरुले दैनिक ६ सय ८४ रुपैयाका दरले पारिश्रमिक पाउने बताइएको छ ।
तालिम पश्चात उनीहरुलाई गल, गैची, बेल्चा लगायतका आवश्यक सामग्री समेत वितरण गरिएको छ । उनीहरुको कामलाई वडा र पालिकास्तरीय समितिले अनुगमन गर्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।




