| बुधबार, कार्तिक २५, २०८३

आँमडाँडामा मगर समुदायको सांस्कृतिक सम्पदा प्रदर्शनी तथा प्रस्तुती सम्पन्न

गोरखामा मगर समुदायको सांस्कृतिक सम्पदा प्रदर्शनी तथा प्रस्तुती कार्यक्रम सम्पन्न भएको छ । गोरखा सामुदायिक सिकाइ केन्द्र, गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको सहयोगमा गोरखा नगरपालिका वडा नं ८ आमडाँडामा मगर समुदायको साँस्कृतिक सम्पदा प्रदर्शन गरिएको हो ।

साँस्कृतिक सम्पदालाई आयआर्जनसँग जोड्न सरोकारवालाहरु बीच खोज तथा अध्ययन कार्यक्रममा मगर समुदायका मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा खोज तथा पहिचान गरी सूचिकरण गरिएको केन्द्रका अध्यक्ष विश्वेश्वर कट्टेलले बताए । सोहीअनुसार कार्यक्रममा पुराना, ऐतिहासिक, धार्मिक महत्वका विभिन्न सामग्री लगायत विभिन्न भाँडाकुँडाहरू खोज अनुसन्धान गरी पदर्शनी गरिएको उनले बताए ।

करीव २ हप्तासम्म चलेको तालिममा मगर समुदायको साँस्कृतिक पक्षहरु, नाँच, गीतको लय कसरी मिलाउने, बाजा कसरी बजाउने, गति कसरी गाउने,पहिरन कसरी लगाउनेजस्ता कुराहरु पनि सिकाएको उनले बताए । त्यस्तै, जडीबुढीबाट मर्चा कसरी बनाउने भनेर पनि सिकाइएको उनको भनाइ छ ।

संस्कृति प्रवर्धनलाई कसरी आयआर्जन सँग जोडेर काम गर्न सकिन्छ भनेरसो कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा गोरखा सामुदायिक सिकाइ केन्द्का अध्यक्ष विश्वेश्वर कट्टेलले कार्यक्रमको मर्म उदेश्य बारे जानाकारी गराइएका थिए ।

आइतबार भएको कार्यक्रममा मगर समुदायका परम्पागत भने मगर समुदायहरू आफ्ना पोषाक र गरगहन सुसज्जित भएर सहभागि भएका थिए । त्यस्तै, आफ्नो परम्परागत नाच कौडा नृत्यलाई पनि प्रस्तुत गरिएको थियो ।

आमडाँडा महिला समूहका अध्यक्ष दिल माया रानाको अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा न. ८ का वडा अध्यक्ष ऋषि खत्री, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।
यस्तै, मगर समुदायको सांस्कृतिक सम्पदा प्रदर्शनी तथा प्रस्तुती कार्यक्रम असार ९ गते अमराइमा र १२ गते पस्लाङ हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्