| बुधबार, कार्तिक २५, २०८३

जेठ महिनामा मात्रै डेढ लाख यात्रुले चढे मनकामना केबलकार

स्थापना भएदेखि मुनाफा आर्जन गर्न सफल मनकामना केवलकारमा गत जेठ महिनामा मात्रै डेढ लाख यात्रुले यात्रा गरेका छन् ।

स्थापना भएको २५ बर्ष यताको इतिहासकै यति यात्रुले केवलकार यात्रा गरेको यो पहिलो रेकर्ड भएको केवलकार संचालक मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रालिका अनुसार यसअघि आर्थिक बर्ष २०७५÷७६ को जेठ महिनामा १ लाख ३५ हजार यात्रुले मनकामना केबलकारको यात्रा गरेका थिए ।

चालु आर्थिक वर्षमा मनकामना जाने यात्रुको संख्यामा भारतीयको संख्यामा पनि भारी वृद्धि भएको बताइएको छ । चालु आवको ११ महिनामा कुल २ लाख ६९ हजारभन्दा बढी भारतीय पर्यटकले मनकामना केबलकारको यात्रा गरेका प्रालिका नायव प्रवन्धक उज्ज्वल शेरचनले बताए । जेठ महिनामा मात्रै २६ हजार भारतीय पर्यटकले केवलकारको यात्रा गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्