| बुधबार, कार्तिक २५, २०८३

बिद्यालयका कर्मचारीले असार ३ गतेदेखि गोरखा सहित देशभरका बिद्यालय बन्द गर्ने

आफ्नो पेशागत सेवा सुविधा सुनिश्चितताको माग गर्दै आन्दोलनमा रहेका सामुदायिक बिद्यालयका कर्मचारीहरुले तेस्रो चरणको आन्दोलन स्वरुप देशभरका सामुदायिक बिद्यालयहरु बन्द गर्ने भएका छन् ।

बिहीवार प्रेस बिज्ञप्ती जारी गर्दै नेपाल बिद्यालय कर्मचारी परिषद जिल्ला कार्यसमिति गोरखाले असार ३ गतेदेखि अनिश्चितकालका लागी बिद्यालय बन्द गर्ने जनाएको हो ।

आफ्ना माग पूरा नभएसम्म बिद्यालय बन्द गर्ने उनीहरुको चेतावनी छ । पहिलो चरणको आन्दोलन स्वरुप उनीहरुले जेठ २१ देखि २६ गतेसम्म शिक्षा बिकास तथा समन्वय इकाइ गोरखामा धर्ना कार्यक्रम गरेका थिए । दोस्रो चरणको कार्यक्रम अन्तरगत जेठ २७ देखि काठमाडौंको भद्रकालीमा रिले अनसन जारी थियो ।

सोही क्रममा बिहीवार प्रहरीले आफूहरुमाथि लाठीचार्ज र नेतृत्वलाई धरपकड गर्ने गलत हर्कत सहित निर्मम दमनमा उत्रिएको भन्दै उनीहरुले घोर भत्र्सना समेत गरेका छन् । आफ्ना मागप्रति सरकारले गरेको उपेक्षा र प्रहरी दमनका कारण आन्दोलनलाई थप सशक्त बनाउने उनीहरुले चेतावनी दिएका छन् ।

आन्दोलनमा सहयोग गर्न उनीहरुले सम्पुर्ण संघसंस्था तथा नागरिक समाजलाई बिज्ञप्ती मार्फत आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्