| बुधबार, कार्तिक २५, २०८३

कोभिड १९ आपतकालीन, प्रतिकार्य तथा पुर्नलाभ परियोजनाको समीक्षा

कोभिड १९ आपतकालिन प्रतिकार्य तथा पुर्नलाभ परियोजना अन्तरगत जिल्लामा संचालन भएका कार्यक्रमहरुको समीक्षा गरिएको छ । जिल्ला समन्वय समितिको हलमा बुधबार भएको जिल्ला परियोजना सल्लाहकार समितिको वैठकमा सो परियोजनाको समीक्षा भएको हो ।

सिआरएसको आर्थिक सहयोगमा स्वाँरा सघन गाउँ विकास केन्द्र मार्फत जिल्लाको आरुघाट र भीमसेन थापा गाउँपालिकामा परियोजना लागू भएको थियो । सन् २०२१ को अक्टोबरदेखि लागु भएको सो परियोजना २०२३ जुनमा सकिएको स्वाँरा संघन गाउँ विकास केन्द्रका द्रोण तिमिल्सिनाले बताए ।

परियोजना अन्तरगत संस्थाले खानेपानी, आवास, विपद जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकुलन, खाद्य सुरक्षा तथा जीविकोपार्जन, स्वास्थ्य तथा पोषण, पुर्वाधार विकास, शिक्षा लगायतका क्षेत्रमा काम भएको थियो । परियोजना अन्तरगत दुई करोड ७४ लाख खर्च भएको संस्थाले जनाएको छ । कुल आठ सय २३ घरधुरी लाभान्वित भएको बताइएको छ ।

परियोजना अन्तरगत ४३ वटा व्याड बोका वितरण गरिएको छ भने अलैची किसानलाई प्राविधिक तथा व्यवहारिक ज्ञानसँगै दिइएको छ । आरुघाटको श्याम्चेतका पहिरो विस्थापित २८ घरधुरीलाई दुई कोठे घर निर्माण गरी हस्तान्तरण गरिएको संस्थाका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले बताए । जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापामगरको अध्यक्षतामा भएको बैठकमा जिसस उपप्रमुख लिला परियार, आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, सिआरएसकी रुपा पाण्डे, सम्बन्धित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्