| बुधबार, कार्तिक २५, २०८३

गोरखाको ढुंगागाढेमा यात्रुबाहक बस दुर्घटना, १२ जना घाइते

गोरखा नगरपालिका ८ ढुंगागाढेमा यात्रुबाहक बस दुर्घटना भएको छ ।

नारायणगढबाट आरुघाटतर्फ जाँदै गरेको ना ५ ख ७२११ नम्बरको यात्रुबाहक बस बुधबार बिहान ११ बजेतिर दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुमध्य गम्भीर रहेका दुई जनालाई चितवको भरतपुर मेडिकल कजेलमा रिफर गरिएको डिएसपी लीलाराज लामिछानेले बताए । गम्भीर घाइते हुनेहरुमा आरुघाट गाउँपालिकाका ५५ वर्षीय खड्ग बहादुर घले र गोरखा नगरपालिका १४ का २७ वर्षीय कमल पन्त रहेका छन् । दुवै जनाको पेट र छातीमा गम्भीर चोट लागेको उनले बताए ।

बसमा १५ जना सवार थिए । १० जनाको भने गोरखा अस्पतालमा उपचार भइरहेको डिएसपी लामिछानेले बताए । बसको ब्रेक फेल भई भित्तामा ठोक्किएर दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्