| बुधबार, कार्तिक २५, २०८३

प्रथम मिस्टर बी अन्तर विद्यालय गोर्खाली कप सुरु

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा प्रथम मिस्टर बी अन्तर विद्यालय गोर्खाली कप फुटवल प्रतियोगिता शुरु भएको छ । हरमटारी क्लवको आयोजनामा शुरु भएको प्रतियोगिताको पहिलो दिन मंगलवार एक खेल मात्र भएको छ ।

मनकामना बोर्डिङ सतिपिपल र युनाइटेड बोर्डिङ पालुङटार बिच भएको खेलमा १–० को गोल अन्तरले मनकामना बोर्डिङ बिजयी भएको छ । भोलि वुधवार तीन खेल हुने आयोजक क्लबका उपाध्यक्ष अनिल श्रेष्ठले बताए ।

उनका अनुसार पहिलो खेल बालमन्दिर मावि र तारा मावि छेवेटार बीच हुनेछ भने दोस्रो खेल जेनियस बोर्डिङ नयाँ बजार र जनशक्ति मावि नाम्जुङ बीच हुनेछ । तेस्रो खेल मोर्डन सेकेन्डरी बोर्डिङ र महेन्द्र ज्योति मावि बिच हुने उनले बताए । प्रतियोगितामा जिल्लाका १६ वटा विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगितामा असार २ गते सम्म चल्नेछ । प्रतियोगिताको उपाधी बिजेता र उपबिजेताले क्रमश ३० हजार र १५ हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्