| बुधबार, कार्तिक २५, २०८३

गोरखा नगरपालिकामा मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सुरु

गोरखा नगरपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । गोरखा नगरपालिकाको आयोजना तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण समाज नेपालको सहजीकरणमा सोमबारबाट तालिम सुरु भएको हो ।

असार ४ गतेसम्म चल्ने तालिममा नगरपालिकाभित्रका १४ वटा वडाबाट ५० जनाको सहभागिता रहेको छ । तालिममा समाजका प्रतिनिधिहरुले सहिजरकण गर्ने छन् । तालिम पश्चात सहभागीहरु मेलमिलापकर्ताका रुपमा सूचिकृत हुने बताइएको छ ।

तालिममा सहभागीहरुलाई दुई समूहमा बिभाजन गरिएको छ । उनीहरुलाई न्यायिक समितिमा आउने विवाद, विवाद समाधानमा मेलमिलाप कर्ताको भूमिका, न्यायिक समितिको क्षेत्राधिकार, मेलमिलाप कर्ताको काम, कर्तव्य र भूमिका लगायतको बारेमा प्रशिक्षण गराइने नगरपालिकाकी कानून तथा पैmसला कार्यान्वयन शाखा प्रमुख विमला वाग्लेले बताइन् । नगरपालिकाभित्रका सबै मेलमिलाप केन्द्रमा ६ जना मेलमिलापकर्ता सूचीकृत गरिने उनले जानकारी दिइन् ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक मसलीमाया थोकरले गाउँघरमा हुने सानातिना विवादहरु निष्पक्ष रुपमा गाउँ तथा वडास्तरमै मेलमिलाप गर्नका लागि मेलमिलाप सम्बन्धी आधारभुत तालिम दिइएको बताइन् ।

नगरप्रमुख कृष्ण रानाले जटिल प्रकृतिका घटना बाहेक सामान्य घटनाहरु वडामै मिलाउनुपर्ने बताउँदै यसले सभ्य समाज निर्माणमा सहयोग पुग्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्