
गोरखामा उद्यमशीलता विकास तालिम सम्पन्न
गोरखा सदरमुकाममा संचालित सात दिने उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र गोरखा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा तालिम संचालन भएको हो । जेठ २३ गतेबाट सुरु भएको तालिमको सोमवार एक कार्यक्रमका बीच समापन गरिएको हो ।
तालिममा उद्यमीको परिचय र महत्व, व्यवसाय छनौट तथा योजना निर्माण, उत्पादन प्रक्रिया, बजारीकरण, प्रवद्र्धन, व्यवसायी लेखा तथा कर सम्बन्धी जानकारी गराइएको बताइएको छ । एक हप्तासम्म संचालन भएको तालिममा गोरखा र पालुङटार नगरपालिकाका ३६ जना भन्दा बढी व्यवसायीको सहभागिता रहेको थियो । उद्यमशील बन्न इच्छुकहरुलाई तालिममा सहभागी गराइएको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण श्रेष्ठले बताए ।
गोरखा उवासंघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, केन्द्रका कार्यकारी निर्देशक दिपक घिमिरे, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जीवनज्योति श्रेष्ठ, केन्द्रका सिनियर डिभिजन अधिकृत अमित आचार्य, शाखा अधिकृत उमेशमान जोशी, नायब सुब्बा नारायण भुसाल, तथ्यांक सहायक गीता पन्थी पौडेल, गोरखा उवासंघका वरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्के, सचिव चन्दनबाबु खत्री, महिला उद्यमी संघ गोरखाका अध्यक्ष रिता रेग्मी, महिला उद्यमी विकास समितिकी अध्यक्ष शुशीला श्रेष्ठ, प्रशिक्षार्थी राममाया श्रेष्ठ, एलिना थापा लगायतले मन्तव्य राखेका थिए ।




