
बारपाक सुलिकोटमा लघुवित्त पहुँच सम्बन्धी कार्यक्रम सम्पन्न
बारपाक सुलिकोट गाउँपालिका वडा नं ८ मा लघुवित्तमा पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत एक दिने लघुवित्त पहुँच कार्यक्रम भएको हो ।
कार्यक्रममा वडा नं ८ भित्रका दुई वटा समूहका २८ जनालाई लघुवित्त सम्बन्धी तालिम दिइएको मेड्पा शाखाका प्रमुख उषा पुर्जा पुन मगरले बताइन् ।
तालिममा प्रगतिशील लघु उद्यमी समूहका १६ जना र मिलीजुली लघुउद्यमी समूहका १२ जनाको सहभागिता रहेको थियो । तालिममा व्यवसाय गर्नका लागि लघुवित्त सम्बन्धी आवश्यक कुराको बारेमा जानकारी गराइएको थियो । तालिममा अमृता थापाले सहजिकरण गरेकी थिइन् ।
तालिममा सहभागीहरुमध्ये प्रगतिशील लघु उद्यमी समूहका १६ जनालाई साबुन र हारपिक बनाउने र मिलीजुली लघुउद्यमी समूहका १२ जनालाई तीन महिने सिलाइ कटाइ तालिम पनि संचालन भइरहेको बताइएको छ ।
एक दिने लघुवित्त पहुँच कार्यक्रमलाई मेड्पा शाखाका प्रमुख उषा पुर्जा पुन मगर र दिवस मग्रातीले सहजीकरण गरेका थिए ।
वडा नं ८ का वडा अध्यक्ष शरण गुरुङको अध्यक्षतामा समापन कार्यक्रम भएको हो ।




