| सोमवार, अशोज १८, २०८३

आवश्यकताका आधारमा पठनपाठन बन्द गर्न गोरखा नगरपालिकाको आग्रह

गोरखा नगरपालिकाले आफ्ना पालिकाभित्रका विद्यालय प्रशासनलाई गर्मीबाट असर परेको भए आवश्यकताका आधारमा विदा गर्न आग्रह गरेको छ ।

शुक्रबार सूचना जारी गर्दै अत्याधिक गर्मीका कारण विद्यालय बन्द गर्नुपर्ने अबस्था सिर्जना भएमा मौसमी विदाबाट कट्टा गर्ने गरी आवश्यक दिन विद्यालय बन्द गराउन आग्रह गरेको हो ।

लामो समयदेखि पानी नपरेकाले अत्यधिक तापक्रम वृद्धि हुन गई विद्यालयमा नियमित पठन पाठनमा वाधा परेकाले मौसमी विदाबाट कट्टा हुने गरी केही समयका लागि विद्यालयमा पठन पाठन बन्द गर्न माग भैआएको हुँदा आवश्यकता अनुसार बन्द गर्न सकिने नगरपालिकाले जनाएको छ ।

भौगोलिक अबस्था, विद्यालयको पूर्वाधारको अवस्था तथा हावापानीका आधारमा व्यवस्थापन समितिको अनुमतिमा आवश्यक निर्णय विद्यालयले लिन सकिने र यसको जानकारी नगरपालिकाको शिक्षा शाखामा जानकारी गराउन सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्