
गोरखाका लघु उद्यमी व्यवसायीलाई लेखा व्यवस्थापकीय तालिम
गोरखाका लघुउद्यमी व्यवसायीहरुलाई लेखा व्यवस्थापकीय तालिम दिएको छ । उद्योग वाणिज्य संघ गोरखा र लघु घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्र, त्रिपुरेश्वर, काठमाडौँको संयुक्त आयोजनामा शुक्रबारदेखि तालिम सुरु भएको हो ।
तालिममा जिल्लाभित्रका ३० जना लघुउद्यमी व्यवसायीहरुको सहभागिता रहेका आयोजकले जनाएको छ । दुईदिने तालिममा लेखा सम्बन्धी सैद्धान्तिक ज्ञान, कर, मूल्य अभिवृद्धि कर, व्यवसायिक लेखा तथा लेखा सम्बन्धी आधारभूत नियमहरुको बारेमा प्रशिक्षण दिइने उद्योग प्रवद्र्धन केन्द्रका लेखापाल तथा प्रशिक्षक डण्डपाणी कँडेलले बताए । जिल्लाका उद्योगका माग अनुसार अन्तरक्रिया तथा छलफल हुने उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गोरखा नगरपालिका प्रमुख कृष्ण रानामगरले हरेक व्यवसायमा सफलता प्राप्त गर्नका लागि त्यस व्यवसायको लेखा प्रणाली चुस्तदुरुस्त र व्यवस्थित हुनुपर्ने बताए । व्यवसाय सुरु गर्नु ठूलो कुरो नभई त्यस व्यवसायीको लेखा प्रणालीलाई व्यवस्थित बनाएर मात्र सफलता प्राप्त गर्न सकिने उनको भनाइ छ ।
गोरखा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्केले हरेक व्यवसायीमा लेखा प्रणालीको राम्रो ज्ञान हुनुपर्ने बताए । कार्यक्रममा संघका केन्द्रीय सदस्य जीवनज्योति श्रेष्ठले व्यावसायीहरुका लागि लेखा व्यवस्थापकीय तालिम अति आवश्यक रहेको र यसले दैनिक जीवनमा काम गर्न धेरै सहज हुने बताए ।
उवासंघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उवासंघका केन्द्रीय सदस्य जीवन ज्योति श्रेष्ठ, उद्योग प्रवद्र्धन केन्द्रका सिनियर डिभिजन इन्जिनियर अमित आचार्य, केन्द्रका उपसचिव विष्णु कुमारी भट्टराई, उवासंघ गोरखाका वरिष्ठ उपाध्य भगवानबाबु मास्के लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।




