
पृथ्वीनारायण शाहको मूर्ति बनाउने एक महिने तामिल सम्पन्न
जिल्ला सदरमुकाममा संचालित पृथ्वीनारायण शाहको मूर्ति बनाउने सम्बन्धी एक महिने एड्भान्स तालिम सम्पन्न भएको छ । महिला उद्यमी संघ गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तालिम संचालन भएको हो । तालिममा नगरपालिका भित्रका १५ जना महिलाहरुको सहभागिता रहेको थियो ।
वैशाख २५ गतेबाट सुरु भएको तालिम शुक्रबार एक कार्यक्रमका बिच समापन गरिएको संघका सचिव सिर्जना पाण्डेले बताइन् । तालिममा पृथ्वीनारायण शाहको मूर्ति बनाउने, मूर्तिको फ्रेम लगायतका सामग्री बनाउन सिकाइएको उनले बताइन् । तालिम अवधिभर योगेन्द्र गुरुङले सहजिरकण गरेका थिए । यसअघि पनि एक महिने आधारभूत तालिम संचालन गरिएको बताउँदै पाण्डेले व्यावसायिक रुपमा उद्यमी बनाउन दोस्रो पटक एड्भान्स तालिम दिइएको बताइन् ।
तालिमका सहभागीहरुले बनाएको मूर्ति अतिथिहरुलाई मायाको चिनोका रुपमा प्रयोग हुने बताइएको छ । यसले गोरखाका ऐतिहासिक पहिचानको पनि प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
संघका अध्यक्ष रिता रेग्मीको अध्यक्षता तथा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख मसली माया थोकर, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, प्रशिक्षार्थी रमा बस्नेत लगायतले मन्तव्य राखेका थिए ।




