| बुधबार, कार्तिक २५, २०८३

मृत्यु

गोरखा सदरमुकामको रानी पोखरीमा डुबेर एक बालकको मृत्यु

गोरखा सदरमुकामको रानीपोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

धार्चे गाउँपालिका वडा नं ५ सिङलाका आठ वर्षीय मनिस गुरुङको मृत्यु भएको डिएसपी लिलाराज लामिछानेले बताए ।

शुक्रबार साँझ पाँच बजे उनी सहित चार जना साथीहरु रानीपोखरीमा पौडी खेल्न गएका थिए । पोखरीबाट सबै साथीहरु बाहिर निस्किए पनि उनी बाहिर नआएपछि उनका साथीहरु चिच्याएर वरिपरि हारगुहार गरेका थिए ।

तत्कालै प्रहरी र स्थानीयहरुले उनलाई निकालेर गोरखा अस्पताल लगिएका थिए । अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । मृतक गुरुङ हाल गोरखा नगरपालिका वडा न. ६ ढाडगाउँमा मामासँग बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्