
अत्याधिक गर्मी बढेपछि पालुङ्टारका विद्यालय तीन दिन बन्द
अत्याधिक गर्मी बढ्न थालेछि पालुङ्टार नगरपालिकाभित्रका विद्यालयहरु बन्द भएका छन् । नगरपालिकाअन्तर्गत शिक्षा शाखाले शुक्रबार एक सूचना जारी गर्दै आउँदो आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द गर्ने जनाएको हो ।
‘पालुङटार नगरपालिकाको जेठ २६ गतेकोनिर्णय अनुसार बिगत केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण विद्यालयमा हुने पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत असर पर्न सक्ने हुँदा आउँदो आइतबारदेखि मंगलबारसम्म बर्खे विदाबाट कट्टी हुने गरी सम्पूर्ण विद्यालयहरु बन्द गरिएको छ’, सो सूचनामा लेखिएको छ ।
‘एकहप्ताभित्र मनसुन आउला भन्ने आशाले आगामि तीन दिन विदा गरिएको हो’, उनले भने, ‘अब असार लागेपछि त यस्तै नहोला भन्ने आशा छ ।’
पालुङटार नगरपालिकामा सामुदायिक र संस्थागत गरी ५३ वटा विद्यालयहरु छन् ।




