| बुधबार, कार्तिक २५, २०८३

नेकपा एमाले जिल्ला सचिवालय सदस्य लोप्साङ लामाको निधन

नेकपा एमाले गोरखाका जिल्ला सचिवालय सदस्य लोप्साङ लामाको निधन भएको छ ।

चुमनुव्री गाउँपालिका–७ छेकम्पार, लारका लामाको यही जेठ २३ गते उपचारको क्रममा निधन भएको हो ।

क्यान्सर र निमोनियाबाट ग्रसित उनी विगत तिन महिनादेखि अस्पतालमा उपचाररत थिए । बिहीवार उनको मौलिक धर्म संस्कृति र संस्कार अनुसार काठमाण्डौमा अन्त्येष्टि गरिएको छ ।

उनको निधनप्रति शोक व्यक्त गर्दै नेकपा एमाले गोरखाले श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

चाइनिजधारा स्थित पार्टी कार्यालयमा बिहीवार श्रद्धाञ्जली कार्यक्रम गर्दै उनीहरुले लामाले पार्टीप्रति गरेको योगदानको कदर समेत गरेका थिए । लामा नेकपा एमाले जिल्ला सचिवालय सदस्य समेत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्