
गोरखा साँस्कृतिक समाजको अध्यक्षमा लामिछाने
गोरखा साँस्कृतिक समाजको अध्यक्षमा सुनिल लामिछाने चयन भएका छन् । समाजको सोमबार भएको आठौ साधारणसभा तथा चौथो अधिवेशनबाट लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा प्रेम कुमार अर्याल, प्रथम उपाध्यक्षमा लब कुमार भट्ट, द्धितीय उपाध्यक्षमा रविन लामिछाने, तृतीय उपाध्यक्षमा हरिराम परियार, महिला उपाध्यक्षमा चिजा तामाङ, उपाध्यक्षमा मिरा गोर्खाली, सुमन परियार र विरवर घले चयन भएका छन् ।
समितिको महासचिवमा रञ्जित परियार, उप–महासचिवमा टेक बहादुर गुरुङ, सांगठनिक सचिवमा सुवास अस्लामी मगर, प्रशासनिक सचिवमा दिपक गुरुङ, महिला सचिवमा बेलिमाया पुलामी, कोषाध्यक्षमा सचिन भट्टराई र सह–कोषाध्यक्षमा सुशिला थापा चयन भएका छन् ।
सदस्यहरुमा पृथ्वी गुरुङ, राजु तोलामी गुरुङ, खेम तिवारी, सरोज लामिछाने, रेजिना परियार, रेश्मा तामाङ, सविता पोखरेल, शम्भु श्रेष्ठ, सुस्मिता सापकोटा, सन्तोष थापा, सरिता भारती, लक्ष्मी गुरुङ, सुर्य कुमार परियार, रायन बस्याल, भिमा गुरुङ, मधु रसाइली, देवि आले र निशा गुरुङ रहेका छन् ।




