
नारेश्वरमा लैङ्गिक हिंसा बिरुद्धको अभिमुखिकरण
गोरखा नगरपालिका वडा नम्वर ३ नारेश्वरमा लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । गोरखा नगरपालिकाको सहयोगमा महिला तथा बालबालिका उद्धार केन्द्र गोरखाले कार्यक्रम गरेको हो ।
वडा कार्यालयमा भएको कार्यक्रममा वडाभित्र रहेका टोल विकास संस्था, आमा तथा महिला समूह, मेलमिलाप सहजकर्ता, वडा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रविन्द्र अधिकारी, उद्धार केन्द्र गोरखाकी संस्थापक सदस्य नानुमाया थापा, कृष्ण ढकाल लगायतले सहजिकरण गरेका थिए । थापाको अध्यक्षता तथा वडाध्यक्ष चुलबहादुर कुवँरको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।




