| बुधबार, कार्तिक २५, २०८३

गोरखामा हिन्दू धर्मावलम्बीको संख्या एकलाख ७५ हजार, कुन धर्म मान्नेको जनसंख्या कति ?

गोरखा जिल्लाको दुईलाख ५१ हजार २७ जनसंख्यामध्य हिन्दू धर्मावलम्बीको संख्या एकलाख ७५ हजार ६०४ रहेको छ । केही दिनअघि तथ्यांक बिभागले सार्वजनिक गरेको जाति, धर्म तथा भाषभाषीको जनगणना प्रतिवेदन अनुसार गोरखामा वौद्ध धर्म मान्नेहरुको संख्या ४० हजार ११८ रहेको छ । त्यस्तै इस्लाम धर्मावलम्बीको संख्या तीनहजार ३९५ जना, क्रिश्चियन धर्म मान्नेहरुको संख्या १५ हजार ६२ र बोन धर्मावलम्बीको संख्या १४ हजार तीनसय ८५ रहेको छ ।

त्यस्तै गोरखामा किराँत धर्म मान्नेहरुको संख्या पनि रहेको छ । तथ्यांक विभागले एकहजार दुईसय ८१ जना र प्रकृति धर्म मान्नेहरुको संख्या एकहजार एकसय ८१ जना रहेको छ ।

प्रतिवेदनअनुसार गोरखा नगरपालिकाका ५२ हजार ४६८ जनसंख्या रहेकामध्य हिन्दू धर्म मान्नेहरुको संख्या ४२ हजार ८६२, वौद्ध धर्मावलम्बीको संख्या तीनहजार चारसय तीन, इस्लाम धर्म मान्नेहरु एकहजार नौसय ९३ जना र क्रिश्चियन धर्म मान्नेहरुको संख्या तीनहजार छसय एक रहेको छ ।

त्यस्तै ३७ हजार ४०९ जनसंख्या रहेको पालुङटार नगरपालिकामा हिन्दू धर्माबलम्बीको संख्या ३० हजार ८५९ रहेको छ । त्यस्तै वौद्ध धर्मावलम्बीको संख्या तीनहजार तीनसय ६५, इस्लाम धर्म मान्नेहरुको संख्या २९३ रहेको छ भने क्रिश्चियन धर्मावलम्बीको संख्या दुईहजार सातसय पाँच रहेको छ ।

२३ हजार ७६ जनसंख्या रहेको सहिदलखन गाउँपालिकामा २१ हजार १०८ जना हिन्दू धर्मावलम्बी छन् । एकहजार ९१ जना वौद्ध, ३६ जना इस्लाम र २४८ जना क्रिश्चियन धर्मावलम्बी छन् ।

१६ हजार नौसय ८६ जनसंख्या रहेको भीमसेन थापा गाउँपालिकामा हिन्दू धर्म मान्नेहरु १५ हजार ८४९ रहेका छन् । त्यस्तै वौद्ध धर्म मान्नेहरु ४८२ जना, इस्लाम धर्मावलम्बीको संख्या ४२८ र क्रिश्चियन धर्मावलम्बीको संख्या २१७ रहेको छ । त्यस्तै सिरानचोक गाउँपालिकामा १९ हजार सातसय १९ जना जनसंख्या रहेकामा हिन्दू धर्मावलम्बीहरुको संख्या १५ हजार १२८ रहेको छ । सो पालिकामा वौद्ध धर्म मान्नेहरुको संख्या दुईहजार नौसय २१, इस्लाम धर्मावलम्बीको संख्या २८८, क्रिश्चियन धर्म मान्नेहरुको संख्या ८०६ जना र बोन धर्म मान्नेको संख्या ५७२ रहेको छ ।

२१ हजार ३९४ जनसंख्या रहेको गण्डकी गाउँपालिकामा हिन्दू धर्मावलम्बीको संख्या १८ हजार २०५ रहेको छ । त्यस्तै वौद्ध धर्मावलम्बीको संख्या एकहजार आठसय ९५, इस्लाम धर्मावलम्बीको संख्या १२० र क्रिश्चियन धर्मावलम्बीको संख्या ७४१ रहेको छ ।

२२ हजार ६३६ जनसंख्या रहेको बारपाक सुलीकोट गाउँपालिका हिन्दू धर्मावलम्बीको संख्या ८ हजार ५८९ रहेको छ । त्यहाँ वौद्ध धर्मावलम्बीको संख्या पाँचहजार एकसय १०, इस्लाम धर्मावलम्बीको संख्या ३४ जना, किराँत धर्म मान्नेहरुको संख्या ८०८ जना र क्रिश्चियन धर्मावलम्बीको संख्या एकहजार तीनसय ९७ रहेको छ ।

अजिरकोट गाउँपालिकामा १२ हजार ८३२ जनसंख्या रहेकामा हिन्दू धर्मावलम्बीको संख्या सातहजार ४५९ रहेको छ । त्यस्तै वौद्ध धर्मावलम्बीको संख्या पनि चारहजार ४१२, इस्लाम धर्मावलम्बीको संख्या ७, क्रिश्चियनको संख्या एकसय ८० र बोन धर्मावलम्बीको संख्या ७०८ रहेको छ ।

त्यस्तै आरुघाट गाउँपालिकाको जनसंख्या २१ हजार ५७२ रहेकामा हिन्दू धर्मावलम्बीको संख्या १२ हजार ६६० रहेको छ । त्यस्तै वौद्ध धर्मावलम्बीको संख्या पाँचहजार ४२४, इस्लाम धर्म मान्नेहरुको संख्या १५६, किराँत धर्म मान्नेहरुको संख्या २१६, क्रिश्चियन धर्मावलम्बीको संख्या २१७ र बोन धर्मावलम्बीहरुको संख्या ९३९ रहेको छ ।

जम्मा १४ हजार २६३ जनसंख्या रहेको धार्चे गाउँपालिकामा हिन्दू धर्म मान्नेहरुको संख्या अत्यन्त नगन्य एकहजार ३८० रहेको छ । सबैभन्दा धेरै यहाँ वौद्ध धर्मावलम्बीको संख्या रहेको छ । उनीहरुको संख्या छ हजार ३७ र अर्को धेरै संख्या बोन धर्मावलम्बीको चारहजार ६६५ रहेको छ । त्यस्तै जम्मा पाँचहजार नौसय ३२ जनसंख्या रहेको चुमनुब्री गाउँपालिकामा हिन्दू धर्मावलम्बीहरुको संख्या जम्मा १०५ मात्र रहेको छ । यहाँ वौद्ध धर्मावलम्बीको संख्या पाँचहजार एकसय ५३ र क्रिश्चियन धर्मावलम्बीको संख्या ६७२ रहेको छ ।

दुई करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्या रहेको नेपालमा हिन्दू धर्मालम्बीको संख्या दुईकरोड ३६ लाख ७७ हजार ७४४(८१.१९ प्रतिशत) रहेको छ । त्यस्तै वौद्ध धर्मावलम्बीको संख्या २३ लाख ९३ हजार ५४९(८.२९ प्रतिशत), इस्लाम धर्मावलम्बीको संख्या १४ लाख ८३ हजार ६६(५.०९ प्रतिशत), किराँतको संख्या ९ लाख २४ हजार २०४ रहेको छ भने क्रिश्चियन धर्मावलम्बीको संख्या ५ लाख १२ हजार ३१३(१.७६ प्रतिशत) र बोन धर्मावलम्बीको संख्या ६७ हजार २२३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्