
नाबालिकालाई बलात्कार प्रयासको आरोपमा एकजना पक्राउ
१३ बर्षीया नाबालिकालाई बलात्कार प्रयास गरेकोे आरोपमा एक युवक पक्राउ परेका छन् ।
सिरानचोक गाउँपालिका–४ का १९ बर्षीय सौरभ कुमाल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिवार राती करिव साढे १० बजेको सयममा पालुङटारमा कुमालले नाबालिकालाई बलात्कार गर्ने प्रयास गरेका थिए ।
पीडित परिवारले जाहेरी दिएपछि आइतवार कुमाललाई पक्राउ गरिएको डिएसपी लिलाराज लामिछानेले बताए । उनी विरुद्ध जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढेको बताइएको छ ।




