| बुधबार, कार्तिक २५, २०८३

नेपाल एकीकरणका अभियानमा मुस्लिमको योगदानबारे अनुसन्धान सुरु

नेपाल एकीकरणका क्रममा मुस्लिम समुदायले पु¥याएको योगदानको खोज अनुसन्धान सुरु भएको छ । गोरखा दरबार संग्रहालय गोरखाको आयोजनामा शनिबार सदरमुकाममा आयोजित नेपाल एकीकरणको सन्दर्भमा मुस्लिम समुदायको भूमिका विषयमा भएको अन्तरक्रिया कार्यक्रममा सो कुराका बारेमा छलफल तथा अन्तरक्रिया भएको हो ।

कार्यक्रममा गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीले गोरखामा मुस्लिम समुदायको बसोबासको इतिहास, बसाइको कालक्रम, सेख जब्बर भेखासि र ममताकिको सन्तान दरसन्तानका स्थिति, पुराना बस्तीहरु, तिनको नामको अर्थ र बस्तीको विचको अन्तरसम्बन्धका बारेमा खोज अनुसन्धान गर्नुपर्ने सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । त्यस्तै, मुस्लिम समुदायको भाषा, संस्कृति, सामुदायिक साँस्कृतिक विविधता, इतिहास दर्शाउने कागजात, अभिलेख किंवदन्ति तथा कथाहरुका बारेमा खोज अनुसन्धान गर्नुपर्ने उनले बताए ।

त्यस्तै, आगामी दिनमा संग्रहालयको ग्यालरी विस्तारको क्रममा रहेको र नेपाल एकीकरणको अभियानमा मुस्लिम समुदायले पु¥याएको विषयलाई जोडेर उनीहरुसँग सम्बन्धित केही सामग्रीहरु राख्ने विषयमा पनि छलफल तथा सुझाव संकलन गर्ने कार्य भएको उनले जानकारी दिए । संग्रहालयमा राख्न सक्ने सामग्रीहरु के के हुन सक्छन, उपलब्धताको अवस्था कस्तो छ रु सम्भावना कति छ रु भन्ने बारेमा छलफल भएको संग्रहालय प्रमुख अधिकारी बताउँछन् ।

गोरखाका मुस्लिम समुदायले गोरखा राज्य र नेपाल एकीकरणको अभियानमा पु¥याएको योगदानको भूमिकाका बारेमा अनुसन्धानका निम्ति प्रारम्भिक सुचनाहरु संकलन गर्ने काम भएको उनको भनाइ छ ।

कार्यक्रममा सहभागि भएका गोरखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष रहमतुल्ला मियाले पनि नेपाल एकीकरणको अभियानमा मुस्लिम समुदायको भूमिकाको बारेमा मुस्लिम अगुवाहरुसँग छलफल भएको बताए । सो क्रममा गोरखा सग्रहालयमा मुस्लिम समुदायको पहिचान झल्किने खालको सामग्री राख्ने विषयमा छलफल बताउदै संग्रहालयमा के राख्ने भनेर सल्लाह भइरहेको र प्रमाणहरु संकलन गर्ने कार्य भइरहेको उनले बताए ।

उनका अनुसार पृथ्वीनारायण शाहले विस. १७९९ मा नुवाकोट आक्रमण असफल भएपछि सैनिक सुदुढीकरणका लागि विस। १८०० मा बनारस गई हातहतियार बनाउनका लागि तीनजना मुस्लिम ल्याएका थिए । लखनउबाट मुस्लिम समुदायका सेख जब्बर, भेखासि र ममताकिको गरी तीन जना नेपाल ल्याएका थिए । गोरखाका सैनिकलाई उनीहरुले नै हातहतियार बनाउने र युद्ध कला सिकाएका थिए । त्यसपछि विंसं। १८०१ मा नुवाकोट आक्रमण गरी विजय प्राप्त गरेको र अन्य राज्यमा पनि विजय प्राप्त गर्दै गएको उनले बताए ।

त्यस्तै, वि।सं। १८४५ मा नेपाल र तिब्बत युद्ध हुँदा नेपालको तर्फबाट सैनिक अधिकृतका रुपमा ममताकी९मोहम्मत नकी० रहेको समेत इतिहासमा उल्लेख रहेको उनले बताए ।

गोरखा नगरपालिका वडा नं १ को मानपुरबाट बसोबास सुरु गरेको मुस्लिम समुदायले पछि गाइखुर, झिङगटठे, अर्सापानी, हर्मी, आहाले भज्याङ, आरुस्वाँरा, घ्याल्चोक लगायतका ठाउँमा विस्तार भएको बताए ।

अन्तरक्रिया कार्यक्रममा मुस्लिम समुदायको बाहुल्य रहेको अश्राङ, ताप्ले, फिनाम, हर्मी, आपपिपल लगायतका स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्