
गोरखामा हुईचील सहित २ जना पक्राउ
गोरखामा हुइचील सहित दुई जना पक्रउ परेका छन् ।
जिल्लाको शहिदलखन गाउँपालिका वडा नं ६ का २६ वर्षीय मोहन थापा मगर र २५ वर्षीय विकास थापामगरलाइ विहिबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
दुवै जनाको घरबाट एक÷एक वटा हुईचील फेरा पारी बरामद गरिएको डिएसपी लिलाराज लामिछानेले बताए ।
पक्राउ परेका दुवै जना विरुद्ध थप अनुसन्धान तथा कारवाहीको लागि विहिबार नै डिभिजन वन कार्यालय गोरखामा पठाएको प्रहरीले जनाएकोछ ।




