| बुधबार, कार्तिक २५, २०८३

धावा चौतारामा जिप दुर्घटना

भीमसेन थापा गाउँपालिका–४ धावा चौतारमा पिकअप जिप दुर्घटना भएको छ ।

घ्याम्पेशालबाट धावा जाँदै गरेको ना ५ ख ५८७ नम्वरको जिप सडकबाट करिव दश मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

किराना सामान बोकेर जादै गर्दा ओत लगाउने क्रममा गाडी एक्कासी पछाडी हटेर सडकबाट तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त इन्चार्ज बसन्त पौडेलले बताए । मानविय क्षति भने नभएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्