| बुधबार, कार्तिक २५, २०८३

गोरखामा सडक मानव व्यवस्थापन, उद्धार लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोरखा सदरमुकाममा सडक मानव ब्यवस्थापन, उद्धार र राहतका लागि सरोकारवाला निकायसंग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय गोरखाको आयोजनामा जिल्ला समन्वय समितिको समन्वय तथा मानव सेवा आश्रम गोरखाको सहजीकरणमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले नागरिक राज्यप्रति निर्भर हुनुभन्दा पनि नागरिक आफैले राज्यप्रति जिम्मेवार भएर समाज सेवाको काममा लाग्नका लागि अन्तरक्रिया कार्यक्रम गरिएको बताए । नेपालीहरु स्वाबलम्बी हुनुपर्नेमा जोड दिदै सुखी, समृद्ध नेपाल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा उनले राज्य र समाजबाट अपहेलित र अभिभावक विहिनहरुको व्यक्तिहरुको संरक्षण गर्न सबै लाग्नुपर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख लिला परियार, गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगर, पालुङ्टार नगरपालिकाका मेयर विवश चिन्तन, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बंन्जरा, उपप्रमुख अमृतादेवी वस्ती, बारपाक सुलिकोट गाउँपालिकाका उपाध्यक्ष सनमाया गुरुङ र प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा सामुदायिक वन, गोरखा सामुदायिक सिकाई केन्द्र, सामुदायिक सेवा केन्द्र, द्रब्यशाह बहुमुखी क्याम्पस, गोरखा क्याम्पस, जिल्ला बालअधिकार समिति र च्याम्बर अफ कर्मशका प्रतिनिधिहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्