
राप्रपाले मनायो आफ्नो ३४ औँ स्थापना दिवस
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आफ्नो स्थापनाको ३४ औँ बार्षिक उत्सव मनाएको छ । सोमबार एक समारोहका बीच राप्रपाले ३४ औँ स्थापना दिवस मनाएको हो ।
कार्यबाहक अध्यक्ष गोपाल थापाको अध्यक्षतामा होटल बिसौनीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष विष्णुहरि अर्याल, नेकपा एमालेका प्रतिनिधि शान्तसिँह बस्नेत, राप्रपाका उपाध्यक्ष भिषण अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गणतन्त्र दिवसको दिनमा परेको राप्रपाको स्थापना दिवस समारोहमा राष्ट्रनिर्माता, पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरिएको थियो ।




