| बुधबार, कार्तिक २५, २०८३

समाजवादी सहकारी संगठन गोरखाको अध्यक्षमा कुँवर

नेकपा(एकीकृत समाजवादी) समाजवादी सहकारी संगठन जिल्ला कमिटी गोरखाको अध्यक्ष कल्पना कुँवर चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार भएको पार्टीको गोरखा क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं १ को वैठक तथा पार्टी स्थापना दिवसका अवसरमा समाजवादी सहकारी संगठन गठन गरिएको हो ।

कुँवरको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा हरिबाबु कुँवर, सचिवमा लिलाबहादुर खत्री, सहसचिवमा तुलाराम देवकोटा चयन भएका छन् । कमिटीको सदस्यहरुमा सानुमाया खड्का, इश्वरी कुँवर, सजिला विक परियार, कल्पना बस्नेत र प्रदिप विक चयन भएको जनाएको छ ।

उनीहरुलाई समाजवादी सहकारी संगठनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश कमिटीको अध्यक्ष डिबी अधिकारीले शपथ ग्रहण गराएका थिए । सहकारी संगठनले सहकारीसँग सम्बन्धित विषयबस्तुहरु तथा सहकारी संस्थामा देखिएको समस्याको उठाउन गर्ने बताइएको छ ।

कमिटीमा रहेका सबै जना विभिन्न सहकारी संघस्थामा आवद्ध रहेको समेत नेकपा एकीकृत समाजवादी गोरखाले जनाएको छ । संघ र प्रदेशमा सहकारी संगठन गठन भइसकेको र प्रदेशस्तरमा गोरखा नै पहिलो जिल्ला भएको जनाएको छ ।

कार्यक्रममा समाजवादी सहकारी संगठनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष डिबी अधिकारीले समृद्धिको नारालाई पूर्णता दिनका लागि कमिटी गठन गरिएको बताए । सहकारीले सिर्जनशील र उत्पादनमा जोड दिदै मानिसहरुको जीवनस्तर सुधार गरी मात्र सहकारी स्थापना गर्नुपर्ने बताए ।

त्यस्तै, समाजवादी प्रेस संगठन जिल्ला कमिटी गोरखाको अध्यक्षमा पुष्कर पोखरेल चयन भएका छन् । समितिको उपाध्यक्षमा जमुना धमला, सचिवमा आशा केसी, कोषाध्यक्षमा नमूना परियार चयन भएका छ्न ।

समितिको सदस्यहरुमा अनुपा बन्जरा, दिपेन्द्र तिवारी, अशोक भण्डारी, जितबहादुर गुरुङ, काशी गुरुङ, नम्रता गुरुङ सपना आले चयन भएका छन् । ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समाजवादी प्रेस संगठनका केन्द्रीय उपमहासचिव तथा प्रचारप्रसार विभाग प्रमुख उर्मिला कुँवरले शपथ ग्रहण गराएकी थिइन् ।

पार्टीका जिल्ला सहसचिव कविता अर्यालले कार्यक्रमलाई सहजीकरण गरेकी थिइन् ।
पार्टीका जिल्ला अध्यक्ष यादव बस्नेतको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य तथा जिल्लाका सहइन्चार्ज सानुमाया बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजवादी सहकारी संगठनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष डिबी अधिकारी, केन्द्रीय अनुशासन आयोग सदस्य विश्वेश्वर कट्टेल, समाजवादी प्रेस संगठनका केन्द्रीय उपमहासचिव तथा प्रचारप्रसार विभाग प्रमुख उर्मिला कुँवर लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्