
गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको ११ औ साधारण सभा
गोरखा उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको ११ औ साधारण सभा सम्पन्न भएको छ । गोरखा सदरमुममा शनिबार समितिको ११ साधारण सभा सम्पन्न भएको ।
साधारण सभा कार्यक्रममा संस्थाका कोषाध्यक्ष रीता श्रेष्ठले आर्थिक प्रतिवेदन र सचिव जुना सुनारले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ।
महिला उद्यमी विकास समितिका अध्यक्ष सुशीला श्रेष्ठको अध्यक्षता तथा उद्योग वाणिज्य संघ गोरखाको अध्यक्ष कृष्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख कृष्ण राना, पूर्व उपमेयर विना श्रेष्ठ, समितिका सदस्यहरुबाट राममाया श्रेष्ठ र महिला उद्यमी विकास समितिको निवर्तमान अध्यक्ष एवं महिला उद्यमी संघ नेपालका अध्यक्ष रिता रेग्मीले मन्तव्य राखेका थिए ।




