
बारपाकसुलिकोटमा श्रीमतीको आत्महत्या दुरुत्साहन आरोपमा एक युवक पक्राउ
आत्महत्या दुरुत्साहनको आरोपमा बारपाक सुलिकोट गाउँपालिका–३ रातमाटेका सुनिल गुरुङ पक्राउ परेका छन् ।
आफ्नै श्रीमती रोशनी गुरुङलाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्नुपर्ने अवस्था सृजना गरेको भन्दै जाहेरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वुधवार राती करिव दश बजे घर नजिकैको जंगलमा उनकी श्रीमती रोशनी नाम्लोको डोरीले पाँसो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै मृतकका आफन्तले प्रहरीमा जाहेरी दिएपछि बिहीवार श्रीमानलाई पक्राउ गरिएको डिएसपी लिलाराज लामिछानेले बताए ।
उनी बिरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कसुर शिर्षकमा मुद्धा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।




