
रामयुग मल्ल प्रतिष्ठानको २५ औँ साधारण सभा सम्पन्न
आँबुखैरेनीस्थित रामयुग मल्ल प्रतिष्ठानको २५ औँ साधारण सभा सम्पन्न भएको छ । चिनियाँखर्के मल्लहरुको कुलायनपूजाको पूर्वसन्ध्यामा बुधबार प्रतिष्ठानको साधारणसभा सम्पन्न भएको हो ।
प्रतिष्ठानका अध्यक्ष भगवानदास मल्लको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि मल्ल परिबारका सबैभन्दा ज्येष्ठ सल्लाहकार सदस्य इश्वर मल्ल, प्रतिष्ठानका निवर्तमान अध्यक्ष विजय मल्ल, उपाध्यक्ष विपिन मल्ल लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

सो अवसरमार प्रतिष्ठानका कोषाध्यक्ष अञ्जित मल्लले पेश गरेको बार्षिक आय–व्याय प्रतिवेदन र सचिव मिलन मल्लले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिवेदन अनुमोदन गरिएको थियो ।





