
घरभित्र गाँजा लुकाई राखेको आरोपमा मैते कामी पक्राउ
नेपालको विद्यमान कानूनले लागुऔषध भनेर प्रतिवन्धित गरेको गाँजा घरभित्र लुकाइछिपाइ राखेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ ।
गोरखा नगरपालिका वडा नं. १२ पाण्डेडिही निबासी ६६ बर्षका मैते कामीलाई मंगलबार दिउसो पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट ४९८ ग्राम गाँजा पनि बरामद गरेको प्रहरीको भनाइ छ ।
उनलाई मंगलबारै गोरखा जिल्ला अदालतमा लागुऔषध(गाँजा) शीर्षकमा मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।




